कण्ठ गर्ने पद (Memory Verse)
फिलिप्पी 4:19
“मेरा परमेश्वरले ख्रीष्ट येशूमा आफ्ना महिमाका धनअनुसार तिमीहरूका सबै आवश्यकताहरू पूरा गर्नुहुनेछ।”
कथा (Story)
१ राजा 17:8-16
परमप्रभुको वचन एलियाकहाँ आयो:
“सिदोनको क्षेत्रमा पर्ने सारेपतमा जाऊ। मैले त्यहाँ एक विधवालाई तिमीलाई खाना दिन आदेश दिएको छु।”
एलिया सारेपत गए। शहरको ढोकामा उनले एक विधवालाई दाउरा बटुल्दै गरेको देखे। उनले उनलाई पानी मागे।
पानी लिन जाँदा एलियाले भने, “मलाई थोरै रोटी पनि ल्याइदिनुहोस्।”
विधवाले भनिन्,
“परमेश्वरको नाममा भन्छु, मसँग रोटी छैन।
मसँग एउटा भाँडोमा थोरै पिठो र एक भाँडोमा थोरै तेल मात्र छ।
म यो दाउरा लिएर घर जाँदैछु, म र मेरो छोरा खाएर मर्नेछौं।”
एलियाले भने,
“नडराऊ। पहिले मलाई एउटा सानो रोटी बनाएर ल्याऊ,
त्यसपछि तिमी र तिम्रो छोराको लागि बनाऊ।
किनकि परमेश्वर भन्नुहुन्छ —
पिठो सकिने छैन र तेल सुक्ने छैन जबसम्म परमेश्वरले वर्षा पठाउनुहुन्न।”
विधवाले एलियाको कुरा मानीन्।
त्यसपछि एलिया, विधवा र उनको परिवारको लागि हरेक दिन खाना भयो।
पिठो सकिएन र तेल पनि सुकिएन — परमेश्वरले भन्नुभएको जस्तै।
पछाडि हेर्नुहोस् (Look Back)
तपाईं प्रभुको आज्ञा कसरी पालन गर्दै हुनुहुन्छ?
हामी एक अर्काका लागि कसरी प्रार्थना गर्न सक्छौं?
हामी एक अर्काको कसरी सेवा गर्न सक्छौं?
हामी कसरी येशूका अझ धेरै अनुयायी बनाउन सक्छौं?
माथि हेर्नुहोस् (Look Up)
फिलिप्पी 4:19 ले हामीलाई के प्रतिज्ञा गर्छ?
१ राजा 17 मा विधवाको अवस्था कस्तो थियो?
उनसँग के थियो?
एलियाले उनलाई त्यससँग के गर्न भन्नुभयो?
परमेश्वरले एलियाद्वारा उनलाई आशिष् दिनुभएपछि, के उनीसँग पर्याप्त खाना भयो?
यदि हामी परमेश्वरमा भरोसा राख्छौं र उहाँको आज्ञा पालन गर्छौं भने के परमेश्वरले हाम्रो हेरचाह गर्नुहुन्छ?
अगाडि हेर्नुहोस् (Look Ahead)
हामी कसरी परमेश्वरले हाम्रो आवश्यकता पूरा गर्नुहुन्छ भन्ने विश्वास गर्न सक्छौं?
हामी कसरी एक अर्काको आवश्यकतामा सहयोग गर्न सक्छौं?
हामी आफूभन्दा कम भएका मानिसहरूलाई कसरी मद्दत गर्न सक्छौं? (जस्तै — विधवा)