ख्रीष्टको चौथो आज्ञा

जानुहोस्...येशूको चेला बनाउनुहोस्


पछाडी हेर्नुहोस् 

हामी कसरी एक अर्काको लागि प्रार्थना गर्न सक्छौं?

पवित्र आत्माले तपाईलाई के भन्दै हुनुहुन्छ? तपाईं कस्तो प्रतिक्रिया दिदै हुनुहुन्छ?


माथि हेर्नुहोस् 

याद गर्नुहोस्: मत्ती 28:18-20 18 येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ। 19 यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ। 20 जे जे मैले तिमीहरूलाई आज्ञा गरें ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”


बताउन अभ्यास गर्नुहोस्: सामरी महिलाको कथा:  यूहन्ना 4:4-42 4 गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो। सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो। याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो। एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।” त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए। सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। 10 येशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।” 11 त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसँग केही छैन। 12 तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।” 13 येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्। 14 तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।” 15 त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहनु पर्दैन।” 16 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।” 17 त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।” येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्यौ कि तिम्रो पति छैन। 18 तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइनन्। तिमीले जे भन्यौ साँच्चो हो।” 19 त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ। 20 हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।” 21 येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेको छ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ। 22 तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ। 23 समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। 24 परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।” 25 त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।” 26 तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।” 27 त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू येशूलाई एक जना स्त्रीसँग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसँग किन बात गरिरहनु भएको छ?” 28 तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्, 29 “एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?” 30 तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए। 31 जब त्यस स्त्री शहरमा थिई, येशूका चेलाहरूले उहाँलाई आग्रह गरिरहेका थिए, “रब्बी, केही खानुहोस्!” 32 तर येशूले उत्तर दिनुभयो, “मसँग खाने भोजन छ, जुन तिमीहरूलाई थाहा छैन।” 33 तब चेलाहरूले आपसमा सोधे, “के कसैले येशूलाई केही भोजनहरू ल्याई दिएका थिए?” 34 येशूले भन्नुभयो, “मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुशरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो। 35 जब तिमीहरू रोपाई गर्छौ र भन्छौ, ‘बाली काटन अझै चार महीना छ’ तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर। तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्। 36 अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाईं गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुन्छन्। 37 यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ’ यो विषय सत्य छ। 38 तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अरूले काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।” 39 त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।” 40 तब सामरीहरू येशूकहाँ आए। येशूलाई उनीहरूसँगै बस्ने आग्रह गरे। तब येशू त्यहाँ दुइ दिन बस्नुभयो। 41 तर अझ धेरै मानिसहरूले उहाँकै वचनको कारणले उहाँलाई विश्वास गरे। 42 मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गर्यौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौं त्यही कारणले विश्वास गर्छौं। हामीले अब बुझ्न थाल्यौं कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”

थप अन्वेषण गर्नुहोस्

  1. हामीले कोसँग बाँड्नुपर्छ? 

परिवार र साथीहरू।

  1. हामीले के भन्नु पर्छ? 

हाम्रो कथा र कसरी येशूले हामीलाई परिवर्तन गर्नुभयो। कसरी येशू मर्नुभयो र हाम्रा पापहरू क्षमा गर्न, हामीलाई शुद्ध बनाउन र हामीलाई अनन्त जीवन दिन पुनरुत्थ हुनुभयो। 

  1. को जान योग्य छ? 

जो कोहीले येशूद्वारा मुक्ति पाएका छन्।

  1. हामी कसरी जानुपर्छ? 

प्रार्थना र नम्रतापूर्वक।

अगाडि हेर्नुहोस् 

लक्ष्यहरू तयार गर्नुहोस्

यस हप्ता गएर चेला बनाउने येशूको आज्ञा कसरी पालन गर्नुहुन्छ?

यस हप्ता तपाईं आफ्नो येशूको कथा कोसँग बाँड्न सक्नुहुन्छ? 

पाँच जना येशूका चेलाहरु बनाउन प्रयास गर्नुहोस्, तिनीहरूलाई बप्तिस्मा दिनुहोस् र तिनीहरूलाई पाँच जना चेलाहरु बनाउन मद्दत गर्नुहोस्।

आयोग/प्रार्थना:यीलक्ष्यहरूपालनगर्नकोलागिपरमेश्वरसँगउहाँकोशक्तिमाग्नुहोस्।