ख्रीष्टको पाँचौं आज्ञा
प्रेम
पछाडी हेर्नुहोस्
हामी कसरी एक अर्काको लागि प्रार्थना गर्न सक्छौं?
पवित्र आत्माले तपाईलाई के भन्दै हुनुहुन्छ? तपाईं कस्तो प्रतिक्रिया दिदै हुनुहुन्छ?
माथि हेर्नुहोस्
याद गर्नुहोस्: लूका 10:27 27 त्यस मानिसले भन्यो, “‘तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ। अनि तिमीले आफैंलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’”
बताउने अभ्यास गर्नुहोस्: असल सामरीको कथा: लूका 10:25-37 25 त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?” 26 येशूले तिनलाई भन्नुभयो, “व्यावस्थामा के लेखिएको छ? तिमीले त्यसमा के पढ्छौ?” 27 त्यस मानिसले भन्यो, “‘तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ। अनि तिमीले आफैंलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’” 28 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।” 29 त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?” 30 यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भूईँमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो। 31 “संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मद्दत गर्न रोकिएनन् तिनी हिंडिनै रहे। 32 एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो। 33 “त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो। 34 सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे। 35 अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।’” 36 त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”37 व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।” येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।”
थप अन्वेषण गर्नुहोस्
प्रेम के हो"? अरूलाई त्यहि गर्ने जुन हामी अरुबाट गरिएको चाहन्छौं।
हामी किन प्रेम गर्छौं? किनभने येशूले हामीलाई पहिले प्रेम गर्नुभयो। प्रेमले संसारलाई येशूको बारेमा सिकाउँछ।
हामी कसलाई प्रेम गर्छौं? परमेश्वर, परिवार, मित्रहरु र शत्रुहरुलाई पनि।
अगाडि हेर्नुहोस्
लक्ष्यहरू तयार गर्नुहोस्
तपाईं कसरी यो हप्ता येशूको प्रेम गर्ने आज्ञालाई पालन गर्न सक्नुहुन्छ?
यस हप्ता तपाईं आफ्नो येशूको कथा कसलाई बाँड्न सक्नुहुन्छ?
पाँच जना येशूका चेलाहरु बनाउन प्रयास गर्नुहोस्, तिनीहरूलाई बप्तिस्मा दिनुहोस् र तिनीहरूलाई पाँच जना चेलाहरु बनाउन मद्दत गर्नुहोस्।
आयोग/प्रार्थना:यीलक्ष्यहरूपालनगर्नकोलागिपरमेश्वरसँगउहाँकोशक्तिमाग्नुहोस्।